बाढीले रसुवागढी नाका जोड्ने पक्की पुल र सवारी साधन बगायो
काठमाडौं - चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा बाढीले ठूलो क्षति पुर्याएको छ ।
गएराति सवा ३ बजेतिर भोटेकोसी नदीमा आएको बाढीले नाका जोड्ने पक्की पुल बगाउनुका साथै भन्सार यार्डमा रहेका कन्टेनर, सवारीसाधन र सुख्खा बन्दरगाहसमेत बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सडक सञ्जाल, संरचना र भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले मानवीय क्षतिको आशंका गर्दै बाढीले बगाएको सवारीसाधनमा मानिसहरू समेत हुन सक्ने जानकारी दिए ।
हाल प्रभावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने उद्धार र राहत कार्यका लागि हेलिकोप्टर परिचालन गर्न प्रयास भइरहेको छ । तर मौसम खराबीका कारण उद्धार कार्यमा कठिनाइ उत्पन्न भएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस