एमाले स्थायी कमिटी बैठक बस्दै, नेपाल पक्ष नजाने
खबर एक्सप्रेस
२०७८-०४-०१ ०८:४६ मा प्रकाशित
Total Shares: 224
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् ।
ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको महासचिव ईश्वर पोखरेलले जानकारी दिए । शुक्रबार नै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको छ ।
बैठकमा आउन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदलाई पनि सूचना पठाइएको छ । तर, एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको नेपाल पक्षका नेताहरुले बताएका छन् ।
स्थायी कमिटी बैठकमा पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा छलफल हुने बताइएको छ । सरकारले साउन ३ गतेका लागि संसद अधिवेशन आह्वान गरिसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस