काठमाडौं - घाँसमा जुत्ता लगाएत हिँड्नु भन्दा खाली खुट्टा हिँड्नु फाइदाजनक छ । घाँसमा खाली खुट्टा हिँड्दा विभिन्न रोगबाट राहत पाउन सकिन्छ ।

यस्ता छन् फाइदाहरुः

अनिद्रालाई नियन्त्रण गर्छ– कतिपयलाई निद्रा नलाग्ने समस्याले साताउँछ । जसलाई स्लिपिङ डिसअर्डर भनिन्छ । यस समस्यामा मानिसलाई राम्ररी निद्रा लाग्दैन । तर, नांगै खुट्टा घाँसमा हिँडदा यस समस्याबाट छुटकारा पाउन सकिन्छ । मीठो निद्राका लागि हरेक बेलुका १५ मिनेट जति घाँसमा खाली खुट्टा हिँड्नुपर्छ ।

तेजिलो आँखाको ज्योती– मान्छेको खुट्टामा केही प्रसर प्वइन्ट हुन्छन् । विहान खाली खुट्टा घाँसमा हिँड्दा ती प्रसर प्वइन्ट दुरुस्त हुन्छन् । घाँसको हरियो रङ हेर्दा आँखाले राहत पाउँछन् । बिहान घाँसमा हुने शीतको थोपा पनि स्वास्थ्यका लागि फाइदाजनक छ ।

खुट्टा सुन्निँदैन– उमेर बढ्दै गएपछि कतिपयलाई खुट्टा सुिन्नँने समस्या देखिन्छ । कहिले काँही उपचार गर्दा पनि सीप लाग्दैन । यसो हुँदा घाँसमा खाली खुट्टा हिँडेर समस्याबाट राहत पाउन सकिन्छ । नांगै खुट्टा हिँड्दा शरीरमा रक्त सञ्चार राम्ररी हुन्छ ।