दाङ - दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन् । 

घटना एमाले महासचिव शंकर पोखरेल को गृहनगर तुलसीपुर क्षेत्रमा भएको बताइएको छ ।

बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि भेला भएका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

सुर्खेतबाट तुलसीपुर हुँदै घोराही पुगेका लामिछानेको स्वागत कार्यक्रमकै क्रममा झण्डा दहन गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।