सङ्क्रमितको आँकलन गरेर भेन्टिलेटर र आइसियुको व्यवस्था
काठमाडौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमणबाट हुने सम्भावित बिरामीको प्रक्षेपण गरेर उपचारको व्यवस्था गरेको छ ।
मन्त्रालयले सङ्क्रमणबाट हुने गम्भीर बिरामीको प्रक्षेपण गरेर मुलुकभरि एक हजार भेन्टिलेटर र एक हजार ८०० सघन उपचार कक्ष (आइसियु) तयारी अवस्थामा राखेको छ । मन्त्रालयका नीति तथा योजना प्रमुख डा गुणराज लोहनीले कोभिड–१९ सङ्क्रमणबाट गम्भीर हुने दुई हजारलाई लक्षित गरेर भेन्टिलेटर र आइसियु बनाइएको बताए ।
‘‘अहिले सङ्क्रमण बढदै गए भदौ २ गतेसम्म ४० हजार सङ्क्रमण हुने र तिमध्ये पाँच प्रतिशत बिरामी गम्भीर हुँदा दुई हजार र दुई प्रतिशत भए ८०० बिरामी हुन्छन् भनेर हामीले आँकलन गरेका छौँ’’, उनले भने, ‘‘त्यही अनुसार हामीले भेन्टिलेटर र आइसियु श्यया तयार पारेका छौँ ।’’
सङ्क्रमण बढदै गएपछि मन्त्रालयले प्रति प्रदेश दुई/दुई वटा अस्पतालका दरले पाँच/पाँच वटा आइसियु र दुई दुई वटा भेन्टिलेर बनाउन निर्देशन दिएको थियो । यसअघि मन्त्रालयले ८९० भेन्टिलेटर र एक हजार ६०० आइसियु श्यया बनाएकोमा त्यो सङ्क्रमित बढ्दै गएपछि भेन्टिलेर र आइसियु शैय्या थप गरेको हो । मन्त्रालयले कोभिड –१९ सङ्क्रमितमध्ये अधिकांश गम्भीर प्रकारको बिरामी नहुने भएकोले अहिले बनाइएका भेन्टिलेटर र आइसियु श्ययाले पुग्ने आँकलन गरेको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले ९८ प्रतिशत सङ्क्रमित कोभिड–१९ सँग सम्बन्धित कुनै लक्षण नदेखिएको बताए । उनले सङ्क्रमण नदेखिएका बिरामीलाई भेन्टिलेटर र आइसियुको आवश्यकता नपर्ने बताए । उनका अनुसार अहिले काठमाडौँमा तीन, बुटवलमा ६ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना आइसियुमा राखेर उपचार भइरहेको छ ।
मन्त्रालयले सम्भावित बिरामीको प्रक्षेपण गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताललाई २०/२० श्ययाको आइसियु बनाउने निर्देशन भए बमोजिम तयार पारेको जनाइएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले अस्पतालमा रहेका १० मध्ये तीन सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए । अन्य सात जनालाई आइसोलेशनमा राखेर उपचार गरिएको छ । उनले ति सङ्क्रमितलाई सास फेर्न गाह्रो हुने र क्लिनिकल्ली रुपमा ठिक नभएका सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गरिरहेको बताए । निर्देशक डा राजभण्डारीले आइसियुमा रहेको बिरामी पनि त्यति गम्भीर खालका नभएको बताए ।अहिले दैनिक तीनदेखि ४०० को दरले सङ्क्रमित देखा परेभिड–१९ को कारणले निधन भएको छ ।
यसैगरी अहिलेसम्म सात हजार २३१ सङ्क्रमित आइसोलेशनमा छन् । एक लाख ७५ हजार १७३ जनाको पीसीआर र दुई लाख ६२ हजार १७४ को आरडीटी परीक्षण गरिएको छ । अहिले मुलुकभर २२ प्रयोगशालाबाट पीसीआर परीक्षण गरिन्छ ।
फेसबुक पेज Like गर्नुहोस