काठमाडौं - संघीय सरकारविरुद्ध प्रदेश नं. २ सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

बिहीबार प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र प्रसाद सोनालले केपी शर्मा ओली नेतृत्वको संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा उत्प्रेषण आदेश जारी गरी पाउँ भनेर रिट दायर गरेका हुन् ।

संघीय सरकारको भूमिगत जलस्रोत विकास समितिले कात्तिक २१ गते गरेको परिपत्र र समृद्ध तराई मधेस सिञ्चाई विशेष कार्यक्रमले कात्तिक २४ गते आह्वान गरेको बोलपत्रले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको उनको आरोप छ ।

यसअघि पनि प्रदेश २ सरकारले स‌ंघीय सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।