काठमाडौं - काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।

अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै सेवा अर्को सूचना नआउन्जेलका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आइसोलेसनमा मंगलबार एक चिकित्सकसहित ३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले बताएको थियो ।

बिरामी र कर्मचारीलाई संक्रमण जोखिम हुने भन्दै त्यसका लागि अस्पतालको आकस्मिक सहितका सबै उपचार सेवा बन्द गर्न बाध्य भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।