घरायसी विवादपछि चिर्पटले हानेर पतिको हत्या
खबर एक्सप्रेस
२०८२-०१-३० ०१:१४ मा प्रकाशित
Total Shares: 113
काठमाडौं - दाङमा घरासयी विवादका क्रममा एकजना पत्नीले चिर्पट प्रहार गरे पतिको ज्यान लिएकी छन् ।
६५ वर्षीय पति पुनाराम सुनारी मगरको हत्या गरेको अभियोगमा बंगलाचुली गाउँपालिका–७ हल्दी निवासी ५० वर्षीया संगीता सुनारी मगरलाई प्रहरीले सोमबार राति पक्राउ गरेको छ ।
संगीताले घरायसी विवादका क्रममा दाउराको चिर्पट प्रहार गर्दा पुनारामको घटनास्थलमै मृत्यु भएको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस