काठमाडौं - पोखरामा दुई जना जलेर घाइते भएका छन् । आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा दुई जना जलेर घाइते भएका हुन् ।

उनीहरुले घरभित्रै आत्मदाहको प्रयास गरेको बुझिएको छ । यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनीहरुलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्‍याइएको छ ।

हाल उनीहरुको उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।