जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १३८ पुग्यो, १६६ घाइते
खबर एक्सप्रेस
२०८०-०७-१८ ०३:४२ मा प्रकाशित
Total Shares: 163
काठमाडौं - जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ । घाइतेको संख्या १६६ पुगेकाे छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ रहेका छन् ।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस