एजेन्सी - अमेरिकामा १२ देशका नागरिकलाई प्रवेशमा प्रतिबन्ध आजदेखि लागू हुने भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी आदेश जुन ४ मा जारी गरेका थिए, जुन आजदेखि लागू हुन लागेको हो ।

१२ देशहरू बाहेक आजदेखि ७ देशका नागरिकहरूमा आंशिक प्रतिबन्ध लगाइनेछ। यो आप्रवासन र गैर-आप्रवासन भिसा दुवैमा लागू हुनेछ।

ट्रम्पले आफ्नो निर्णयको पछाडि अमेरिकी जनताको जीवनको सुरक्षा र सुरक्षालाई उल्लेख गरेका थिए । प्रतिबन्ध लागू भएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो, सोमालिया, इक्वेटरियल गिनी, इरिट्रिआ, हाइटी, इरान, लिबिया, सुडान र यमन छन् ।

यस्तै आंशिक प्रतिबन्ध लाएका देशहरू पनि ट्रम्पको सूचीमा छन् । ती देशहरूमा बुरुण्डी, क्युवा, भेनेजवेला, लाओस्, सिरिआलेओन, टोगो, तुर्किमिनिस्तान छन् ।