काठमाडौं - आज प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे बस्ने बैठकमा कारागार सम्बन्धि कानूनलाई संशोधन र एकिकरण गर्न बनेको बिधेयकमाथि छलफल हुँदैछ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने बैठकमा गृहमन्त्री रामबहादुर थापा तथा कानून सचिव ऋषि राजभण्डारीको उपस्थित हुनेछ ।

गृह सचिव महेश्व न्यौपाने पनि उपस्थित हुने भए पनि उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको कारणले गर्दा उनी उपस्थित हुनेछैन ।

त्यस्तै, आज नै सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । बैठकमा कोभिड १९ को महामारी नियन्त्रणका लागि गरिएको स्वास्थ्य सामग्री खरिद प्रकृया सम्वन्धमा तथा बिबिध विषयमा छलफल हुनेछ । छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल उपस्थित हुनेछ ।