काठमाडौं - काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । निर्वाचन आयोगले काठमाडौंका विभिन्न क्षेत्रको प्रारम्भिक विवरण उपलब्ध गराएको हो ।

निर्वाचन आयोगले उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं १० मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले दुई हजार ५ सय ५१ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका हिमाल कार्कीले ५ सय ४५, नेकपा (एमाले)का विनोद श्रेष्ठले २ सय ८६ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले २ सय ४, उज्यालो नेपाल पार्टीका राकेश न्यौपानेले ७८ र नेपाली कम्युनिष्ट पार्टीका रुपा महर्जनले ५४ मत प्राप्त गरेका छन् ।

यसैगरी काठमाडौं क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले तीन हजार २ सय ९०, नेपाली कांग्रेसका सपना राजभण्डारीले ३ सय ४९, नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीले ३ सय ४८ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका नवीन शाहीले २ सय ३६ र नेकपा (एमालेका राजेश शाक्यले २ सय ३१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, काठमाडौं क्षेत्र नं ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एक हजार ४ सय ८१, नेकपा एमालेका प्रकाश श्रेष्ठले ३ सय ८, नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईँले २ सय ८२, नेपाली कम्युनिष्ट पार्टीका वसन्तप्रसाद मानन्धरले २ सय ८ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं १ को पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका रन्जु न्यौपानेले तीन हजार १ सय २९, नेपाली कांग्रेसका प्रबल थापा श्रेत्रीले एक हजार ६ सय ९५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ८ सय ८२ र नेकपा एमालेका मोहनराज रेग्मीले २ सय ७२ मत प्राप्त गरेका छन् ।

काठमाडौं क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुनिल केसीले ४ सय २४, नेकपा एमालेका मणिराम फुँयालले २ सय ३६ र नेपाली कांग्रेसका कबिर शर्माले १ सय ९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, काठमाडौं क्षेत्र नं ३ मा उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले एक हजार ८ सय ४६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका राजुनाथ पाण्डेले एक हजार ५ सय ६०, नेपाली कांग्रेसका रमेश अर्याल ५ सय ८३ र नेकपा एमालेका रामेश्वर फुँयालले ४ सय ५६ मत प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले बिहान ४ः३० बजे उपलब्ध गराएको विवरणअनुसार काठमाडौं क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका पुुकार बमले ८ सय ६५, नेकपा एमालेका राजन भट्टराईले २ सय ७४, नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले २ सय १३ र उज्यालो नेपाल पार्टीका झनकबहादुर अधिकारीले १ सय मत प्राप्त गरेका छन् ।

त्यसैगरी, काठमाडौं क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले एक हजार ४ सय २४, नेपाली कांग्रेसका प्रदीप पौडेलले ४ सय १२, नेकपा एमालेका ईश्वर पोखरेलले २ सय ८५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल थापाले ५५ मत प्राप्त गरेका छन् ।