किमलाई १२ लाख डलर जरिवाना
काठमाडौं - आफ्नो इन्स्टाग्राम पेजमा इथेरियम म्याक्सको अवैधरुपमा प्रचार गरेको मुद्दामा चर्चित टिभी स्टार किम कार्दसियन १२ लाख ६० हजार डलर जरिवाना तिर्ने भएकी छन् ।
युएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनका अनुसार रियालिटी टिभी स्टार किमले मानिससँग आफूलाई क्रिप्टोकरेन्सी इथेरियम म्याक्सको प्रचारको लागि २ लाख ५० हजार डलर पाएको विषय गुपचुप राखेकी थिइन् ।
कमिसनका अनुसार उनले मानिसलाई भ्रममा पारेर यो क्रिप्टोकरेन्सीको प्रचार गरेकी छन् । यसैबीच किम तीन वर्षसम्म क्रिप्टोसम्पत्तिसँग सम्बन्धित कुरालाई बढावा नदिनसमेत सहमत भएको जनाइएको छ । किमका वकिलले भनेका छन्, ‘किम यो मुद्दा सुल्झाउन पाएकोमा खुसी छन् ।’
किमले यो मुद्दाको अनुसन्धानमा पूरा सहयोग गरेको र आगामी दिनमा पनि कमिसनलाई आवश्यक पर्ने कुनै पनि सहयोगको लागि तयार रहेको उल्लेख गरेकी छन् । गत जनवरीमा किमका साथै बक्सर फ्लोइड मेभेदर जुनियर, बास्केटबल खेलाडी पल पियर्स र इथेरियम म्याक्सका निर्माताविरुद्ध अवैधरुपमा क्रिप्टोकरेन्सीको प्रचारको आरोपमा मुद्दा दायर गरिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस