गोरखा-१ मा सुदन गुरुङको अग्रता कायमै
खबर एक्सप्रेस
२ घण्टा अगाडि
Total Shares: 16
गोरखा - गोरखा क्षेत्र नम्बर १ मा सुदन गुरुङले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार सुदन ८ हजार ९५० मतले अगाडि रहेका छन् ।
फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनअन्तर्गतको मत गणनामा गुरुङले २१ हजार ५५० मतसहित अग्र स्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपालीका कांग्रेसका उम्मेदवार प्रेमकुमार खत्री ८ हजार ९५० मत पछाडि छन्।
खत्रीले हालसम्म १२ हजार ६०० मत प्राप्त गरेका छन्। यस्तै तेस्रो स्थानमा नेपाली कम्युनिष्ट पार्टी हरि राज अधिकारी छन्।
उनले ८ हजार १६८ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार राम चन्द्र लामिछाने २ हजार ८५७ मत ल्याए । मत गणना अझै जारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस