आसेपासेलाई राजनीतिक नियुक्ति दिलाएपछि प्रधानमन्त्री कार्कीको चौतर्फी विरोध
काठमाडौं - निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने समयमा प्रधानमन्त्री सुशीला कार्कीले आसेपासेलाई दिलाएका नियुक्ति विवादमा परेका छन्।
आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले राष्ट्रियसभामा राष्ट्रपतिले नियुक्त गर्ने एकजना सदस्यमा ओमप्रकाश अर्याल र प्रकृति संरक्षण कोषको अध्यक्षमा स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेसँगै विवादमा तानिएकी हुन्।
उक्त राजनीतिक नियुक्तलाई लिएर दुई पूर्व शिक्षामन्त्रीहरु लगायतले कडा शब्दमा आलोचना गरेका छन्।
पूर्व शिक्षामन्त्री एवम हालै म्याग्दीबाट प्रतिनिधिसभामा निर्वाचित महावीर पुनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिवलाई गरेको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन्।
उनले कोषको कार्यकारी पदमा आफ्नै स्वकीयलाई नियुक्ति गर्नु एक सय प्रतिशत गलत भएको भन्दै नियुक्त भएका आदर्र्शलाई त्यो पद नलिन आग्रह गरेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस