प्रचण्ड-नेपाललाई ओलीको चुनौती: ‘चुनाव बैशाखमा हुन्छ, १० सिट ल्याएर देखाउनुस्’
काठमाडौं - काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संस्थापन पक्ष (प्रचण्ड–नेपाल)लाई आगामी चुनावमा १० सिट जितेर देखाउन चुनौति दिएका छन्। शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दैै ओलीले यस्तो चुनौती दिएका हुन् ।
‘उहाँहरुले ठूलो कुरा गर्नुभएको छ, म उहाँहरुलाई चुनौति दिन्छु, दुई अंकमा सिट जितेर देखाउनुस् अर्थात् देशभरबाट १० सिट ल्याएर देखाउनुस्, जसलाई छोरी, बुहारीको मतलब छ, जनताको मतलब छैन, उनीहरुले पार्टी हाम्रो रे ? यो पार्टी देश बनाउनेहरुको र जनताको पार्टी हो।’ ओलीले भने ।
साथै, ओलीले वैशाख १७ र २७ मा निर्वाचन भएरै छाड्ने बताए। ‘चुनावका लागि वैशाखमा दुई मिति घोषणा गरिएको छ, १७ र २७। सोही मितिका चुनाव गराउने तयारीमा निर्वाचन आयोग लागिसेको छ’, उनले भने, ‘तपाईंहरु ढुक्क हुनुहोस्, चुनाव हुन्छ।’
फेसबुक पेज Like गर्नुहोस