काठमाडौं - कोरोना भाइरस संक्रमणको केन्द्रबिन्दु बनेको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

नरैनापुर गाउँपालिकामा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ । गाउँपालिकाले कोरोना संक्रमितको संख्या बढेको भन्दै नियन्त्रणमा सहयोग गर्न प्रदेश र केन्द्र सरकारसँग गुहारसमेत मागेको थियो ।