काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ ६ बजे बैठक बोलाइएको स्रोतले बताएको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले जारी गरेको लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाइएको हो । 

सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी राखेको छ । पछिल्लोसमय थपिएको लकडाउन जेठ ३२ गतेसम्म कायम छ ।