सामसुङका अध्यक्ष ली कुन-हीको निधन
खबर एक्सप्रेस
२०७७-०७-०९ ०१:३५ मा प्रकाशित
Total Shares: 310
काठमाडौं, एजेन्सी - विश्वप्रसिद्ध मोबाइल डिभाइस निर्माता सामसुङ इलेक्ट्रोनिक्स कम्पनीका अध्यक्ष ली कुन–हीको शनिबार निधन भएको छ । उनी ७८ वर्षका थिए ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा लीको निधन आफ्नै निवासमा भएको उल्लेख छ । सामसुङद्वारा जारी विज्ञप्तिमा स्थानीय सानो व्यवसाय विस्तार गर्दै विश्वमै अग्रणी औद्योगिक कम्पनी बनाउन दूरद्रष्टा लीको योगदान अतुलनीय रहेको जनाइएको छ ।
लीका श्रीमती, दुई छोरी र एक छोरा छन् । स्वर्गीय लीलाई सन् २०१४ मा हृदयाघात भएको थियो ।
सामसुङ कम्पनीको वार्षिक कारोबार दक्षिण कोरियाको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० को पाँच भागको एक भाग बराबर रहेको मानिन्छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस