काठमाडौं,एजेन्सी - अमेरिकी राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले ह्वाइट हाउसको सञ्चार टोलीका सदस्यहरु सबै जना महिला हुने घोषणा गरेका छन् । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबाको प्रशासनमा विदेश मन्त्रालयको प्रवक्ता भएकी जेन साकीलाई ह्वाइट हाउसको प्रेस सचिव नियुक्त गरिएको छ ।

बाइडेनले आफूले ह्वाइट हाउसको सञ्चार टोलीका सबै सदस्यमा महिलाहरुलाई नियुक्त गर्न पाएकोमा आफूलाई निकै खुशी र गर्व लागेको बताएका छन् । उनिहरु सबै योग्य, अनुभवी सञ्चारविज्ञ भएको बताउँदै उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले डेमोक्रेटिक पार्टीको प्रतिबद्धतालाई कामबाटै प्रतिबिम्बित गर्न चाहेको बताएकी छन् ।

बाइडेनको सञ्चार टोलीको नेतृत्व भने केट बेडिङफिल्डले गर्नेछन् । उनले ह्वाइट हाउसको संचार निर्देशकको रुपमा भूमिका निर्वाह गर्नेछन् ।

बेडिङफिल्डले बाइडेन–ह्यारिस चुनाव प्रचार अभियानको उप प्रचार व्यवस्थापकका रुपमा सेवा गरेका छन् । उनले ह्वाइट हाउसको सञ्चार निर्देशकका रुपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा बाइडेन र ह्यारिस दुबैलाई धन्यवाद दिएका छन् ।