एमालेको सचिवालय बैठक बस्दै
खबर एक्सप्रेस
२०८२-०२-१२ ०९:५१ मा प्रकाशित
Total Shares: 167
काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो २ बजे पार्टी कार्यालय च्यासल, ललितपुरमा बस्ने गरी सचिवालय बैठक बोलाएका हुन् ।
बैठकमा सरकारले जेठ १५ गते संसद्मा पेश हुने आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एवम् सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
अहिले एमालेका अध्यक्ष ओली प्रधानमन्त्री छन् भने, उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री छन् ।
यसैगरी आजको बैठकले निलम्बनमा परेका एमाले नेतृ बिन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा गर्ने सम्भावना छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस