माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष
खबर एक्सप्रेस
२०७७-०९-०७ ०६:३५ मा प्रकाशित
Total Shares: 331
काठमाडौं - अध्यक्ष केपी शर्मा ओली पार्टीबाट बर्खास्त भएपछि नेकपाको नयाँ अध्यक्ष माधव नेपाल बनेका छन् ।
मंगलबार राजधानीको बबरमहलस्थित कार्की ब्याङ्केटमा बसेको प्रचण्ड–नेपाल समूहको बहुमतको केन्द्रीय कमिटी बैठकले ओलीलाई बर्खास्त गरेर माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो ।
वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गरेका थिए । सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।
फेसबुक पेज Like गर्नुहोस