एजेन्सी - चीनपछि अमेरिका नयाँ इपिसेन्टर बनाएको कोरोना भाइरस अर्थात् कोभिड १९ को संक्रमणबाट एकैदिन सबैभन्दा धेरैको मृत्यु भएको छ ।

वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ९ सय ३४ को ज्यान गएको छ। जुन संख्या अहिलेसम्म एकैदिन ज्यान गुमाउने उच्च संख्या हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा २८ हजार नयाँ संक्रमित भएका छन् । अहिलेसम्म अमेरिकामा कोरोनाबाट १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ भने ३ लाख ५ हजार मानिस संक्रमित रहेका छन् ।