संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउँछौ : प्रचण्ड
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने प्रतिवद्धता जनाएका छन् ।
बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार बसिरहेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरु नै वैधानिक र ठूलो दल भएको पनि दाबी गरेका छन् ।
‘संसद पुनर्स्थापित गरेर नयाँ सरकार बनाउने हाम्रो प्रतिवद्धता छ’ उनले भने ‘हिजोको नेकपाको बैठक आधिकारिक बैठक भएको थाहा नै छ । ७० प्रतिशत केन्द्रीय सदस्य सहभागी भएको सवैले देखेका छन् । नेकपा नै अहिलेसम्म नेपालको सबैभन्दा ठूलो दल हो ।’
उनले चुनौतिपूर्ण क्षणमा आफूलाई संसदीय दलको नेतामा चुनेको भन्दै धन्यवाद पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनमा असंवैधानिक कदम चालेको भन्दै केन्द्रीय कमिटिको बैठकले अध्यक्षबाट जिम्मेवारीमुक्त गरेपछि आफूले संसदीय दलको नेताको जिम्मेवारी पाएको र आफ्नो ध्यान संसद जीवित राख्न केन्द्रित हुने प्रचण्डको भनाई छ ।
फेसबुक पेज Like गर्नुहोस