काठमाडौं - संसद विघटनविरुद्ध नेकपाको संस्थापन पक्ष (प्रचण्ड–माधव)को प्रदर्शन राजधानीमा शुरु भएको छ ।

काठमाडौंको टेकु, नयाँ बानेश्वर, मैतीदेवी, नक्साल, लैनचौर, कुलेश्वर, रत्नपार्क, बागबजार, कुपण्डोललगायत स्थानबाट जुलुस सहितको प्रदर्शन निस्किएको छ ।

टेकुबाट युवराज ज्ञवाली, कुलेश्वरबाट बेदुराम भुसाल, कुपण्डोलबाट पम्फा भुसाल, नयाँ बानेश्वरबाट लिलामणि पोखरेल, मैतीदेवीबाट हरिबोल गजुरेल, नक्सालबाट जनार्दन शर्मा, न्यूरोडबाट अष्टलक्ष्मी शाक्य, रत्नपार्कबाट मुकुन्द न्यौपाने, त्रिचन्द्रबाट योगेश भट्टराई, पुरानो बानेश्वरबाट अमृत बोहोरा, बागबजारबाट गिरिराजमणि पोखरेल, वाल्मिकीबाट गणेश साहले जुलुशको नेतृत्व गरेका छन् ।

नेकपाले भृकुटीमण्डमा सभा गर्ने जनाएको छ । सभालाई पार्टी अध्यक्षद्वय ‘प्रचण्ड’ र नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने बताइएको छ ।