रास्वपाको प्रदेश अधिवेशन आजबाट, असार १ गतेसम्म चल्ने
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 25
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ ।
आजबाट सुरु हुने प्रदेश अधिवेशन असार १ सम्म सम्पन्न हुनेछ । रास्वपाका अनुसार
वाग्मती प्रदेशको अधिवेशन पार्टी सभापति रवि लामिछानेले उद्घाटन गर्ने कार्यक्रम छ । वाग्मती प्रदेशको अधिवेशन काठमाडौंमा हुँदै छ ।
यसअघि रास्वपाको जिल्ला अधिवेशन जेठ २३ र २४ गते भएको थियो ।
असार ७ देखि ९ गतेसम्म रास्वपाको प्रथम महाधिवेशन चितवनमा हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस