काठमाडौं -  नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये एक हजार ७ सय ७२ जनाले कोरोना जितेर घर फर्किएका छन् । पछिल्लोसमय १९४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

नेपाल कोरोना अपडेट : असार ७, २०७७

थप कोरोना संक्रमित : ४२१
कुल कोरोना संक्रमित : ९ हजार २६
निको भएका : १ हजार ७७२
मृत्यु : २३
आइसोलेशनमा : ७ हजार २३१
क्वारेनटाइनमा : ९४ हजार ९२८
पिसीआर परीक्षण : १ लाख ७५ हजार १७३
आरडिटी परीक्षण : २ लाख ६२ हजार १७४