लागूऔषध धन्दामा विदेशी : तीन वर्षमा ४२६ जना समातिए
काठमाडौं - मुलुकमा पछिल्लो समय एकपछि अर्को गर्दै आपराधिक क्रियाकलापमा विदेशीको संलग्नता बढ्दै गइरहेका बेला लागूऔषध कारोबारमा पनि विदेशीहरू उल्लेख्य रूपमा संलग्न हुने गरेको पाइएको छ ।
नेपाल प्रहरीको पछिल्ला तीन वर्षे तथ्यांकले नेपालमा विदेशी लागूऔषध कारोबारीको सक्रियतासँगै कारोबार बढेको देखाएको हो ।
प्रहरीको आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्मको तथ्यांकले तीन वर्षको अवधिमा ४ सय २६ जना विदेशी नागरिक लागूऔषध कारोबार क्रममा पक्राउ परेका छन् । आर्थिक वर्ष २०७२/७३ मा १ सय १२ जना पुरुष तथा ६ जना महिला गरी १ सय १८ जना विदेशी नागरिक लागूऔषध कारोबारमा पक्राउ परेका छन् । यसैगरी, आव २०७३/७४ मा १ सय ४६ जना पुरुष तथा १३ जना महिला गरी १ सय ५९ जना विदेशी नागरिक लागूऔषध कारोबारको शीर्षकमा पक्राउ परेको प्रहरीको तथ्यांकले देखाएको हो ।
राजधानी दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस