अमेरिकी राष्ट्रपति ट्रम्पको स्वास्थ्य अवस्था थप जटिल
काठमाडौं, एजेन्सी - शुक्रबार कोरोना संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ ।
राष्ट्रपति ट्रम्पमा कोरोनाका लक्षणहरू बढ्दै गएको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । शुक्रबार उनलाई ‘उच्च ज्वरो’ थियो भने शुक्रबार र शनिबार दुई पटक उनको रगतमा अक्सिजनको तह कम भएको थियो ।
चिकित्सकहरूका अनुसार एक समय उनको रगतमा अक्सिजन स्याचुरेसन ९३ प्रतिशत थियो भने अर्कोपटक त्यो ९५ प्रतिशत भन्दा तल पुगेको छ । यो रगतमा हुनुपर्ने अक्सिजनको सामान्य दायराको तल्लो सीमा हो।
रगतमा अक्सिजनको मात्रा ९४ प्रतिशत भन्दा तल पुगेका विरामीलाई गम्भीर कोभिड-१९ भएको मानिन्छ । आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्। यसैबीच उनमा कोभिड १९ को संक्रमण पुष्टि भयो। नोभेम्बर ३ मा उनी डेम्रोकेटिक पार्टीका उम्मेदवार जोय विडेनसँग प्रतिस्पर्धा गर्दैछन्।

.gif)




फेसबुक पेज Like गर्नुहोस