काठमाडौं - कोरोना संक्रमणविरुद्ध सरकारले लिएको नीतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । 

मोदीले समाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै बिहीवार राति ८ बजे कोरोनाको विषयमा सम्बोधन गर्न लागेको बताएका हुन् । सम्बोधनमार्फत मोदीले कोरोनाविरुद्ध सरकारले अपनाउने सतर्कताबारे जानकारी गराउने तयारी गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । 

यसअघि मोदीले चैत्र २ गते सार्क राष्ट्रका सरकार प्रमुखहरूसँग भिडियो कन्फ्रेनस गरेका थिए । जर्मन चान्सलर एंगेला मर्केलले पनि आज दुर्लभ सम्बोधन गर्ने तयारी गरेकी छन् । १५ वर्षपछि उनले यो विशेष सम्बोधन गर्न लागेकी हुन् ।