विराटनगर - कोरोना निको भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना डिस्चार्ज भएका छन् ।

सोमबार राति भाइरसलाई परास्त गर्दै घर फर्कनेमा धरानकी एक महिला र बाँकी १७ जना झापाका छन् । यसअघि विराटनगरको कोसी अस्पतालमा उपचारमा रहेकामध्ये ३० जना घर फर्केका थिए ।

त्यस अवसरमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहित अस्पतालका चिकित्सक तथा स्वास्थ्कर्मीहरुले उनीहरूलाई पुष्पगुच्छा दिई विदाइ गरेका थिए ।