काठमाडौं - निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगले प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेपछि समानुपातिकतर्फको सिट बाँडफाँट पनि टुंग्याएको हो । 

समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड पार गर्ने ६ वटा राजनीतिक दलहरूले मात्र सिट प्राप्त गरेका छन्।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक ५७ सिट पाएको छ । त्यसैगरी, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६ र नेपाल कम्युनिस्ट पार्टीले ९ सिट प्राप्त गरेका छन् ।

श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समान ४-४ सिट पाएका छन् । कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदातामध्ये प्रत्यक्षतर्फ १ करोड ११ लाख ६८ हजार ०३२ मत खसेको थियो । 

May be an image of text