मौसम : उच्च हिमाली भूभागमा हिमपात, तराईमा हुस्सुको सम्भावना
खबर एक्सप्रेस
२०८०-०९-१७ ०८:२७ मा प्रकाशित
Total Shares: 133
काठमाडौं - हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको अवस्था छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति भने कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस