काठमाडौं - नेपालमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४३६४ पुगेको मन्त्रालयले बताएको छ । जसमा ६७४ जना निको भई घर फर्किएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९० जना डिस्चार्ज भएका हुन्। उनका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।