राष्ट्रियसभा उम्मेदवारले चुनावमा साढे तीन लाखभन्दा बढी खर्च गर्न नपाउने
काठमाडौं - राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकिएको छ।
१२ माघमा तय भएको चुनावका लागि निर्वाचन आयोगले एक उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्ने पाउने सीमा तोकेको हो।
आयोगका अनुसार उम्मेदवारले मतदाता नामावली खरिदमा १, सवारी साधन वा घोडा ७० हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दानासमेत) १० हजार र प्रचार सामग्रीमा १४ हजार ५ सय रुपैयाँ तोकेको छ।
त्यस्तै, आयोगले ढुवानी १० हजार, गोष्ठीरअन्तर्क्रिया १ लाख, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यममा १४ हजार ५ सय, कार्यालय सञ्चालनमा ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा तोकेको छ।
राष्ट्रियसभा निर्वाचनका लागि मंगलबार ९ राजनीतिक दलले १९ पदमा मनोनयन दर्ता गराइसकेका छन् भने ४३ जनाको उम्मेदवारी परेको छ।
फेसबुक पेज Like गर्नुहोस