सिड्नी - पछिल्लो समय अस्ट्रेलियामा डढेलोको त्रासमात्र रहेको छ । हालसम्म डढेलोका कारण १० जनाको ज्यान गइसकेको छ । विस्तारै डढेलो नियन्त्रामा आउँला भन्ने सोच बनाएको अस्ट्रेलियाली सरकारलाई अर्को आपत आइ लागेको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यमा नयाँ डढेलो सुरु भएको छ। उक्त क्षेत्रमा लागेको डढेलोले डरलाग्दो रुप लिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

अस्ट्रेलिया लगायत विश्वका विभिन्न क्षेत्रबाट डढेलो निभाउन दमकलकर्मीहरु अस्ट्रेलिया आएका छन् । ठुलो जनशक्ति प्रयोग गर्दा पनि डढेलो नियन्त्रणमा आउन सकेको छैन । 

डढेलोले उग्ररुप लिएपछि दशौँ हजार स्थानीय बासिन्दालाई अन्यत्र सार्न पहल भइसकेको बताइएको छ । उक्त क्षेत्रमा पर्यटकहरु रहेको र उनीहरुलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।पर्यटक सोही क्षेत्रमा भएका कारण सरकारलाई थप चिन्ताको विषय भएको बताइएको छ ।

लगातार खराब मौसमका कारण पनि नयाँ डढेलोहरु थपिएको जुन चिन्ताको विषय भएको अधिकारीहरुले बताएका छन् । मिडिया रिपोर्टका अनुर अस्ट्रेलियामा एकसयभन्दा बढी स्थानमा डढेलो लागिरहेको छ ।डढेलो यही अवस्थामा रहे स्थिति थप गम्भिर हुने अधिकारीहरुले बताएका छन् ।