सरकारले अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलायो
खबर एक्सप्रेस
२०७८-०१-२१ ०१:४३ मा प्रकाशित
Total Shares: 288
काठमाडौं - सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो।
दाहाललाई मुख्य सचिव शंकरदास बैरागीले सो निर्णयबारे जानकारी दिएका छन् ।
उनलाई गत वर्ष जेठ २५ गते सरकारले राजदूत सिफारिस गरेको थियो। दाहाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कोटामा राजदूत बनेका हुन्।
फेसबुक पेज Like गर्नुहोस