फेरि बढ्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७९-०७-१६ १०:४७ मा प्रकाशित
Total Shares: 242
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।
मंगलबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा ५ सय रुपैयाँले बढेर ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १० रुपैयाँले बढेर १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस