दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । मंगलबारबाट सुरु भएको बैठक केन्द्रीय सदस्यले बोल्दा बोल्दै सकिएपछि आज पुनः बस्न लागेको हो । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।
बैठकमा सभापति शेरबहादुर देउवाले सोमबार भएको सर्वदलीय बैठकको जानकारी गराएका थिए । सभापति देउवाले प्रतिनिधिसभा भंग हुनु असंवैधानिक कदम भएको भन्दै त्यसको विरोध गर्दै कांग्रेस जिम्मेवारीपूर्वक अघि बढ्ने बताए।
वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनको कदमलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने भन्दै संविधानको सर्वोच्चताका लागि कांग्रेस गम्भीर बनेर अघि बढ्नुपर्ने धारणा राखे। उनले पहिलेका जस्तै सत्ताको लोभमा पार्टी फस्न नहुने र सजग हुनुपर्ने धारणा समेत बैठकमा राखे।
फेसबुक पेज Like गर्नुहोस