दोलखाको मतदान केन्द्रमा पुन: मतदान सुरु
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 41
दोलखा - दोलखाको तामाकोसी गाउँपालिका–४ स्थित गोल्मेश्वर माध्यमिक विद्यालयमा रोकिएको मतदान पुनः सुरु भएको छ ।
मतदानस्थलमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजिएपछि स्थिति तनावग्रस्त बनेको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेपछि केही समयका लागि मतदान रोकिएको थियो ।
घटनापछि बसेको सर्वदलीय बैठकले मतदान पुनः सुचारु गर्ने निर्णय गरेसँगै मतदान फेरि सुरु गरिएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस