काठमाडौंका सरकारी कार्यालय आइतबारदेखि खुल्ने
खबर एक्सप्रेस
२०७७-०१-२७ ०९:२८ मा प्रकाशित
Total Shares: 851
काठमाडौं - आइतबारदेखि काठमाडौं उपत्यकामा रहेका सरकारी कार्यालय सन्चालन हुने भएका छन् । कोरोना भाइरसविरुद्ध सरकारले ल्याएको नियमको पालना गर्दै आंसिक कर्मचारीको सहयोगमा सरकारी कार्यालय सञ्चालन हुने लागेको हो ।
लकडाउनका कारण धेरै कर्मचारी आफ्नो घर गएका छन्। सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि धेरैजसो सरकारी कार्यालयहरुको सेवा प्रवाह प्रभावित हुँदै आएको छ ।
बुधबारको मन्त्रिपरिषद बैठकले बढीमा एक चौथाइ कर्मचारीहरुमार्फत् सेवा प्रवाह गर्ने निर्णय गरेसँगै उपत्यकामा रहेका सरकारी कार्यालयहरुले आइतबारदेखि हाजिर हुन कर्मचारीहरुलाई निर्देशन दिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस