लामो दूरीका यातायात साउन १ गतेदेखि सञ्चालन गर्न दिने सरकारको तयारी
काठमाडौं - कोरोना रोकथाम तथा नियन्त्रणको लागि लागू गरिएको लकडाउन भएर थन्किएका लामो दूरीमा सार्वजनिक यातायात साउन १ गतेबाट सञ्चालन गर्न दिने सरकारले तयारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख अधिकारीहरूले लामो दूरीमा दुई महिनाभन्दा बढी समयदेखि रोकिएको यातायात सेवा सञ्चालन गर्न दिने तयारी थालेको बताइएको छ ।
लामो दूरीको यातायात सञ्चालन नहुँदा सर्वसाधारण मारमा परेकाले सञ्चालन गर्न दिनेबारे छलफल भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
उनका अनुसार सवारीसाधन सञ्चालन, निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा तीनवटै जिल्लाका सीडीओले आज बुधबार र बिहीबार छलफल गरी निर्णय लिइने छ । कोरोना संक्रमण जोखिम कायमै रहेकाले तत्काल विद्यालय भने सञ्चालन गर्न नदिने उनको भनाइ छ । उपत्यकामा जारी निषेधाज्ञा यही ३१ गते बिहिबार सकिँदैछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस