काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन भने प्रश्न गरेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।

उनले भनिन् ,‘राज्य अधिनायकवाद तर्फ हिडिँरहेको हो कि भन्ने भान भइरहेको छ । सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ?’

पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेकी सांसद श्रेष्ठले शिक्षक आन्दोलनमा दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गरिन् ।

शिक्षकलाई पनि दलको सदस्यता त्याग्न आग्रह गर्दै उनले शिक्षकमाथि भएको दमनप्रति समीक्षा गर्दै उनीहरूका माग सम्बोधन गर्नेतिर ख्याल गर्न सरकारलाई ध्यानाकर्षण गराईन् ।