मैले बोलाएको बैठक मात्र आधिकारिक हुन्छ : प्रधानमन्त्री ओली
बालुवाटारमा पार्टीका केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्यसँगको परामर्श बैठकमा सो तर्क राखेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं पार्टीका केन्द्रीय सदस्य सूर्य थापाले पार्टीको विधानअनुसार पहिलो वरियताको अध्यक्षका हैसियतले आफ्नो सहमतिविनाको बैठक र निर्णयको कुनै अर्थ नहुने अध्यक्ष ओलीले बताएको जनाए । सल्लाहकार थापाले अध्यक्ष ओलीमाथि पार्टीले अनुशासनको कारवाही गर्ने भन्ने निर्णय भनिएको विषयलाई औपचारिकता नमान्न सञ्चारमाध्यमलाई पनि आग्रह गरे ।
अध्यक्ष ओलीले यही पुस ७ गते बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि मङ्गलबार नै अपराह्न १ बजे केन्द्रीय कमिटीको बैठक आह्वान गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस