काठमाडौं - सांसद ठाकुरप्रसाद गैरेले जलवायु न्यायका लागि ‘सगरमाथा संवाद’ आयोजना हुनु सुखद पक्ष रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् । जलवायुजन्य सङ्कटले सताइरहेको भन्दै उनले संवादले सही निष्कर्ष निकाल्ने बताए ।

उनले भने, ‘संवादले सही निष्कर्ष निकाल्नेछ। तिनको कार्यान्वयन हुनेछ। सबैलाई कार्यान्वयन गर्ने विषयमा सबै देशहरू प्रतिवद्ध हुनेछन् । संवादले जलवायुजन्य सङ्कट समाधानको निष्कर्ष निकाल्नेछ।’

‘जलवायु परिवर्तन,पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो सगरमाथा संवाद आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुँदैछ ।