पोखरा - गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, गण्डकीका अनुसार संक्रमित हुनेमा स्याङ्जा र पर्वतका ५–५ जना रहेका छन् । उनीहरुको मंगलबार बिहान संक्रमण पुष्टि भएको हो ।

स्याङ्जाको चापाकोट नगरपालिकाको क्वारेन्टाइनमा बसेका २२, २६, ३२ र ४० वर्षीय गरी ४ पुरुष र स्याङ्जाकै बिरुवा गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २० वर्षीय पुरुषमा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, पर्वतको फलेबास नगरपालिकाका २० र ४० वर्षिय २ पुरुष र महाशिला गाउँपालिकाका १९, २० र २१ गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमित कुल संख्या ३७ पुगेको छ ।

No photo description available.