रोग निको हुने भन्दै धर्म परिवर्तन
खबर एक्सप्रेस
२०७६-०५-०७ ११:०० मा प्रकाशित
Total Shares: 633
काठमाडौं - पाँच वर्षअगाडि मानसिक रुपले बिरामी परेकी त्रिवेणी गाउँपालिका–७ गौरीगाउँ तितिमकी २० वर्षीय विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्रार्थना गर्न थालेपछि निको भएको ठानेर धर्म परिर्वतन गरी अहिले अभियन्ता बनेकी छन् ।
विमलाको अहिले पाँच महिनाको छोरो छ । बालबिबाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन् । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् ।
केही महिनाको उपचारले बिरामी निको नभएकी उनको रोग चर्चले बिसेक भएको भन्दै सबै परिवारले धर्म फेरे । हिजो आज त्रिवेणीको वडा ७ गौरीगाउँमा मात्रै डेढ दर्जन चर्च मण्डली छन् ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस