प्रदेश ५ : स्थायी राजधानी र नामको पक्षमा मतदान सुरु
खबर एक्सप्रेस
२०७७-०६-२० ०३:२३ मा प्रकाशित
Total Shares: 480
काठमाडौं, बुटवल - प्रदेश ५ को स्थायी राजधानी र नामको पक्षमा प्रदेशसभामा मतदान प्रक्रिया शुरु भएको छ । मन्त्री कुल बहादुर केसीले ल्याएको प्रस्तावमा सभामुख पुर्णबहादुर घर्तीले मतदानको घण्टी बजाउन निर्देशन दिएपछि मतदान शुरु भएको हो ।
प्रदेशको राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्तावमाथि अहिले प्रदेशसभा सांसदहरू मतदानमा सहभागी भएका छन् ।
मतदानमा उक्त प्रस्ताव असफल भएका अन्य संशोधन प्रस्तावको प्रक्रिया आगडि बढ्नेछ । यदी शुरुमा सरकारले ल्याएको पक्षमा दुई तिहाई पुगेमा ती संशोधन प्रस्तावहरु स्वतः खारेज हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस