भ्वाइस अफ नेपाल’ को उपाधि प्रशेष पाण्डेलाई
खबर एक्सप्रेस
२०८२-०१-२० ०९:१२ मा प्रकाशित
Total Shares: 37
काठमाडौं - सांगीतिक रियालिटी टीभी सो ‘भ्वाइस अफ नेपाल’को छैटौँ सिजनको उपाधि धादिङका प्रशेष पाण्डेले हात पारेका छन्। शुक्रबार बेलुकी आयोजित ‘ग्राण्ड फिनाले’मा टिम खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी पाण्डे विजेता घोषित भएका हुन्।
कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप भए। कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेण्ड रनर अप भए। कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनर अप भइन्।
यससँगै पाण्डेले भ्वाइसबाट २० लाख र अन्य दुई प्रायोजकबाट १-१ लाख रुपैयाँ प्राप्त गरे । विजेताहरूलाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललगायतले पुरस्कार प्रदान गरे ।
फेसबुक पेज Like गर्नुहोस